कथा जिबनकोमा स्वागत छ।
कथा जिबनको मानव जीवनका सुख-दुःख, प्रेम, परिवार, सम्बन्ध, संघर्ष, परदेशका अनुभूति, सम्झना, आशा र प्रेरणालाई शब्दमा उतार्ने सिर्जनात्मक नेपाली मञ्च हो।
जीवनमा भेटिएका हरेक मानिससँग आफ्नै कथा हुन्छ। कसैको कथा बोलिन्छ, कसैको मनभित्रै दबिएर बस्छ। यही मञ्चमार्फत त्यस्ता भावना, अनुभव र जीवनका सत्यहरूलाई कथा, कविता, जीवन-दर्शन तथा भावनात्मक लेखका रूपमा प्रस्तुत गर्ने हाम्रो प्रयास हो।
यस मञ्चका सर्जक दिल अबिरल हुनुहुन्छ। प्रवासमा रहेर पनि नेपाली भाषा, साहित्य र मानवीय भावनासँग जोडिँदै उहाँले जीवनका विविध पक्षलाई सरल र आत्मीय शब्दमा प्रस्तुत गर्दै आउनुभएको छ।
कथा जिबनको कुनै एक व्यक्तिको मात्र कथा होइन। यो हामी सबैले भोगेका खुसी, पीडा, संघर्ष र आशाको साझा मञ्च हो।
शब्दमा जीवन, जीवनमा कथा।
वेबसाइट: www.kathajibanko.com
YouTube: www.youtube.com/@DILABIRAL
Facebook: www.facebook.com/kathajindagiko.page